नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
वाजुरा

  • कार्यालय प्रमुखहरुकाे बैठक सम्पन्न । २०७५-१-६

    मिति २०७५।०१।०५ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री लुक बहादुर क्षेत्री ज्यूकाे अध्यक्षतामा बसेकाे जिल्लास्थित सरकारी/सार्वजनिक निकायका प्रमुखहरुकाे उपस्थितिमा बैठक बसी देहाय बमाेजिमकाे निर्णय गरियाे ।  उपस्थिती र निर्णय हेर्न तलकाे फाइल डाउनलाेड गर्नुहाेस । 

  • अभिमुखिकरण/ प्रशिक्षण कार्यक्रम स‌ंचालन हुदै । २०७५-१-६

    राष्ट्रिय सूचना अायाेगकाे अायाेजनामा सूचनाका हकका अभियन्ताहरुका लागि अभिमुखिकरण/प्रशिक्षण कार्यक्रम तपसिल बमाेजिमकाे मिति, समय र स्थान संचालन हुने भएकाेले जिल्लास्थित सार्वजनिक  निकायका कार्यालय प्रमुख, नवनिर्वाचित जनप्रतिनिधिहरु, सुचना अधिकारी, राजनैतिक दलका प्रतिनिधिहरु,  नेपाल पत्रकार महासंघ जिल्ला समितिका पदािधकारीहरु तथा पत्रकारहरु, नेपाल बार एशाेसियशनका जिल्ला समितिका पदाधिकारीहरु, नागरिक समाजका अगुवाहरु र गैर सरकारी संस्था महांघका पदाधिकारीहरु, उद्याेग बाणिज्य महासंघका प्रतिनिधिहरुलार्इ उपस्थितिकाे लागि अनुराेध छ ।  तपसिल मिति : २०७५ वैशाख ०८ गते शनिबार  समय : विहान ११:३० बजे  स्थान :  जनप्रकाश मा‍.वि, बुढिनन्दा न‍‍.पा.  काेल्टी बाजुरा ।   

  • विपद् व्यवस्थापन समितिकाे बैठक सम्पन्न । २०७५-१-४

    विपद् व्यवस्थापन समितिकाे वैठक प्रमुख जिल्ला अधिकारी श्री लुक बहादुर क्षेत्रीकाे अध्यक्षतामा मिति २०७५।०१।०४ गते जिल्ला समन्वय समितिकाे सभा हल मार्तडीमा सम्पन्न भएकाे छ । 

  • अत्यन्त जरुरी सूचना । २०७५-१-५

     संस्था दर्ता एेन २०४३ बमाेजिमकाे प्रकृया पूरा गरी स‌ंचालनमा रहेका त्यस्ता संघ संस्थाले एेनकाे व्यवस्था विपरित काम कारबाही गरेमा स्थानीय अधिकारीबाट एेन बमाेजिम खारेज वा निलम्बन हुने तथा अावश्यक सेवा संचालन एेन, २०१४ मा उल्लिखित अावश्यक सेवामा हड्ताल गर्ने वा त्यसमा भाग लिने वा लिइएकाे वा साे काे दुरुत्साहन गर्ने वा साे काे निम्ति नगदी सहायता दिने व्यक्तिलार्इ एेन बमाेजिम कारबाही हुने भनि गृह मन्त्रालयबाट परिपत्र अाएकाे हुँदा जानकारीका लागी याे सूचना प्रकाशित गरिएकाे छ ।  गृह मन्त्रालयकाे परिपत्र पढ्न तलकाे फाइल डाउनलाेड गर्नुहाेस‍‍........

  • अत्यन्त जरुरी सूचना २०७४-१२-१४

    गृह मन्त्रलायकाे मिति २०७४/१२/०५ गतेकाे अत्यन्त जरुरी सूचना

  • जिल्ला सदरमुकाममा रहेकाे बजार अनुगमन सम्पन्न २०७३-३-९

    जिल्ला सदरमुकाममा रहेकाे बजार अनुगमन सम्पन्न यहि मिति २०७३।०३।०७ गतेका दिन उपभाेक्ता संरक्षण एेन २०५४,नियमावली २०५६,प्रतिस्पर्धा प्रिर्द्धन तथा बजार संरक्षण एेन,२०६३ नियमावली,२०६६ र संयुक्त बजार अनुगमन निर्देशिका २०६९ को अधिनमा रही जिल्ला अनुगमन समितिका संयोजक एवं प्र.जि.अ श्री भोजरा श्रेष्ठज्यूको अध्यक्षतामा बैठक बसी निर्णय भएको मितिमा बजारको अनुगमन भएकाे छ । साे अनुगमन टोलीमा जिल्लामा क्रियाशिल पत्रकार,बुद्धिजीवी,राजनैतिकदल लगायत सम्पुर्ण सरोकारवालहरुलाई अामन्त्रण गरीएकाे थियो । उक्त टोलीले मार्तडी बजार अनुगमन गर्दा म्याद नाघेका तपशिल बमोजिमका बस्तु बिभिन्न पसलबाट फेला पारी जिल्ला प्रशासनको प्रङ्गणमा बिभिन्न ब्यक्तीको रोहबरमा सामान जलाएर नष्ट पारिएको ५  । बरमाद गरीएका सामानहरु निम्न प्रकार रहेकाछन् । १‌ तौल…

  • एकिकृत घुम्ती शिविर सम्पन्न २०७३-३-९

    एकिकृत घुम्ती शिविर सम्पन्न         यहि मिमि २०७३।०२।८ र ९ गते बाजुरा जिल्लाको तल्लोभेगमा रहेका पाँचवटा गा‌.वि.स.काँडा,जयबागेश्वरी,बार्हविस,डोगडी,गुदुखाती मा एकिकृतघुम्ती शिविरमा जिल्लाका बिभिन्न कार्यालयहरुको सहभागीता थियो जसमा जिल्लाल प्रशासन कार्यालयबाट ३२० जनाले नयाँ नागरीकता  र ११ जनाले प्रतिलिपी प्राप्त गरेका थिए ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय