जिल्ला प्रशासन कार्यालको परिचय :
२००७ सालमा प्रजातन्त्रको प्रादुर्भाव पश्चात् जारी भएको नेपालको संविधान २०१९ अनुसार नेपाललाई १४ अंचल, ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभाजन गरियो । स्थानीय प्रशासनलाई विकेन्द्रित प्रशासन व्यवस्था अनुरुप संचालन गर्न तथा शान्ति र व्यवस्थालाई प्रभावकारी रुपमा संचालन गर्न स्थानीय प्रशासन ऐन, २०२८ लागू गरियो । उक्त ऐनको दफा ५ ले जिल्लाको सामान्य प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार बाजुरा जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो । हाल यसको कार्यालय बडीमालिका नगरपालिका वडा नं. ८ मार्रतडी बजारमा रहेको छ ।
जिल्ला प्रशासन कार्यालयको उद्देश्य :
जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्देश्य रही आएको छ । यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सार्वजनिक सेवा वितरण (Public Service Delivery) लाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्देश्यहरु रहेका छन् ।
मिति | कार्यालयको परिचय विवरण | फाईलहरु | एक्सन |
---|---|---|---|
2078-08-20 |
बाजुरा जिल्लाको सामान्य परिचय
2078-08-20 |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय,बाजुरा
Powered By: ProActive Developers