बाजुरा जिल्लाको सामान्य परिचय
2078-08-20
2078-08-20
- प्रदेश : सुदूरपश्चिम प्रदेश
- अञ्चलः सेती
- अवस्थिति : देशान्तर : ८१°१०'२०" देखि ८१°४८'२७" पूर्व
अक्षांश : २९°१६'२१" देखि २९°५६'५६" उत्तर
- कुल क्षेत्रफल : २१८८ वर्ग कि.मी.
- सदरमुकाम : मार्तडी
- पूर्वमा हुम्ला, मुगु र किलकोट जिल्ला, पश्चिममा बझाङ्ग र डोटी जिल्ला, उत्तरमा हुम्ला जिल्ला र दक्षिणमा अछाम जिल्ला
- समुन्द्र सतहबाट उचाई : ७६२ मिटर देखि ७०३६ मिटर सम्म
- हिमाली भू-भाग : १३.५०%
- उच्च पहाडी भू-भाग : ८४.८०%
- मध्य पहाडी भू-भाग : १.७०%
- खेतीयोग्य जमिन : १२.२३%
- ®कुल जनसंख्या :१,३८,५२३ ( पुरुष : ४८.४१ % , महिला : ५१.५८% )
- ®घरधुरी संख्या : २८,०६४
- जात-जातीको संख्या : ५० (बाहुन, क्षेत्री, ठकुरी, दमाई, कामी, सार्की र भोटे आदि मुख्य जाती)
- मुख्य पेशा : कृषि ( ९६ %)
- १ वटा निर्वाचन क्षेत्र (संघ) र ९ वटा स्थानीय तह ( ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका)
- प्रमुख पर्यटकीय स्थल : खप्तड राष्ट्रिय निकुञ्ज, बडीमालिका, बुढीनन्दा, छेडेदह ,त्रिवेणीधाम आदि । राष्ट्रिय जनगणना, २०७८
